जम्मू कश्मीर विधानसभा चुनावको तेस्रो र अन्तिम चरणको मतदान सुरु

भारतको जम्मू कश्मीर विधानसभा चुनावको तेस्रो र अन्तिम चरणको मतदान मंगलबार बिहान ७ बजेबाट सुरु भएको छ ।

९० सिट भएको विधानसभाको ४० सिटमा मतदान भइरहेको छ । जसमध्ये २४ सिट जम्मू क्षेत्रमा छन् भने बाँकी १६ सिट कश्मीरमा छन् ।

 

यो मतदान जम्मू क्षेत्रको जम्मू, साम्बा, कठुआ र उधमपुर जिल्लामा भइरहेको छ भने कश्मीर उपत्यकाको बारामुल्ला र कुपवाडा जिल्लामा मतदान भइरहेको छ।

पहिलो चरणको मतदान सेप्टेम्बर १८ मा भएको थियो जसमा २४ सिटमा मतदान भएको थियो । यस अवधिमा ६१ दशमलव १३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ 

जहाँ सेप्टेम्बर २५ मा भएको दोस्रो चरणको मतदानमा ५६ प्रतिशत मतदान भएको थियो ।