नेपालले दोस्रो खेल आजक्यानडासगँ भिड्दै

 ओमान सम्मिलित टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृङ्खला अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार नेपाल र क्यानडाबिच प्रतिस्पर्धा हुने भएको छ । क्यानडाको किङ्ग सिटीमा खेलाइने खेल आज राति पौने १० बजे सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा नेपाललाई १४ रनले हराएको घरेलु टोली नेपालमाथि लगातार दोस्रो जित निकाल्ने योजनामा छ । ओमानलाई ३७ रनले हराएको नेपाल सिरिजमा दोस्रो जित निकाल्ने दाउमा छ

उता सिरिजको तेस्रो खेलमा ओमानसँग ८ विकेटले पराजित भएको क्यानडा नेपालमाथि जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने दाउमा छ ।

त्रिकोणात्मक सिरिजमा समान २ खेल खेलेको नेपाल एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अङ्कमा अङ्क तालिकाको शीर्ष स्थानमा छ । समान खेल र नतिजाबाट ओमान दोस्रो र क्यानडा तेस्रो  स्थानमा छ ।