सरकारले दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने, विपद पीडितका लागि मन्त्रीहरुले १ महिनाको तलब दिने
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १ अर्ब सरकारले कोषमा जम्मा गर्ने र उक्त रकम अर्थ मन्त्रालयमार्फत जम्मा गर्ने निर्ण भएको हो । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया