तीन दिन राष्ट्रिय शोक घोषणा, आधा झण्डा झुकाइने

सरकारले मनसुनजन्य विपद्‌बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

राष्ट्रिय शोकको अवधिमा सरकारी कार्यालयहरूको झण्डा आधा झुकाइनेछ। सार्वजनिक बिदा भने दिइने छैन।