लक्की ड्र मार्फत इजरायलले पठायो केयरगिभरका लागि छनौट भएका २११२ जनाको सूची

 इजरायलले लक्की ड्र मार्फत केयर गिभरका लागि छनौटमा परेकाहरूको सूची पठाएको छ।  असोज १३ गते इजरायलस्थित पिवाले लक्की ड्र मार्फत छनौटमा परेकाहरूको सूची वैदेशिक रोजगार विभागलाई पठाएको हो। 

इजरायल पक्षबाट सञ्चालन गरिने Random selection (lottery) का लागि पठाइएकोमा एक हजार १५६ जना महिला र ९५६ पुरुष गरी एक हजार ११२ जनाको सूची पठाएको हो । सूचीमा परेका उम्मेदवारहरूले अब अर्को सूचना आएपछि स्वास्थ्य परीक्षण लगायतका काम गर्नुपर्ने विभागले जनाएको छ।

पिवाबाट मेलमा आएको पासपोर्ट नम्बर, नाम, थर, रजिस्ट्रेसन नम्बर र रन नम्बरका आधारमा नतिजा सार्वजनिक गर्ने छनौट समितिको आज बसेको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको हो । यसअघि पिवाले २९ अगस्टमा नै लक्की ड्र गरेको थियो। त्यसबाट ११९६ महिला र १००६ पुरुष गरी २२०२ जनालाई छनौट गरेको थियो। 

उक्त विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। समितिले गरेको अनुसन्धानका क्रममा केहीको सर्टिफिकेटमा कैफियत देखाएको थियो। त्यसका आधारमा पिवाले ९० जनाको नाम हटाएर बाँकीको नाम पठाएको विभागले जनाएको छ।

नेपाल सरकार र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउने नेपाली सहायक कामदार छनौटका लागि वैदेशिक रोजगार विभागले गत असार ११ गते सूचना प्रकाशित गरेको थियो। दुई हजार जनाका लागि आवेदन माग गरिएको थियो।

baideshik