क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड लाग्ने

 काठमाडौँ, १४ असोज : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड लाग्ने जानकारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका प्रेस संयोजक गोपाल झापालीले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चाल गर्न सडक तथा पुल सुधार र मर्मत गर्न सो रकम लाग्ने जानकारी दिनुभएको हो । 

मन्त्रालयका अनुसार हालसम्म यातायात अवरुद्ध रहेका राजमार्गको सङ्ख्या १४ र स्थान ४२ रहेका छन् । जसमध्ये अरनिको राजमार्ग, बिपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग, कालिगण्डकी कोरिडोरलगायत छन् । 

हालसम्म क्षति भएका पुलको सङ्ख्या पाँच रहेको मन्त्रालयले जनाएको  छ । जसमध्ये सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार र फोक्सिङटार र अरनिको राजमार्गको लिपिङ पुल र इलाम माइपोखरी सडकको राते खोला पुल रहेको छन् । लार्चा र हेवा खोलाको दुई बेलिब्रिजमा पनि क्षति पुगेको जनाइएको छ । 

मन्त्रालयका अनुसार हालसम्म भएका प्रयासमध्ये पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ–खण्डको विभिन्न स्थानमा अवरोध हटाई एकतर्फी यातायात सञ्चालन भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चालन गर्न दुई अर्ब ५० करोड लाग्ने जानकारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका प्रेस संयोजक गोपाल झापालीले क्षतिग्रस्त सडक तथा पुलबाट यातायात सञ्चाल गर्न सडक तथा पुल सुधार र मर्मत गर्न सो रकम लाग्ने जानकारी दिनुभएको हो । 