काभ्रेमा अलपत्र एक सय ४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौँ ल्याइयो

काठमाडौँ, १४ असोज : काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा अलपत्र परेका एक सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौँ ल्याएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करिब १५ किलोमटिरपूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ महिला ४९ पुरुष र तीन बच्चा गरी ६५ जनालाई काठमाडौँतर्फ ल्याएको हो ।

यस्तै काभ्रेको विभिन्न ठाउँबाट हेलिकप्टरमार्फत उद्धार गरी धुलिखेल ल्याइएका ४२ महिला, ३३ पुरुष र आठ बच्चा गरी ८३ जनालाई काठमाडौँ ल्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।