प्रधानमन्त्री ओलीकाे १० दिने अमेरिका भ्रमणकाे ३४ बुँदे प्रगति सार्वजनिक

 प्रधानमन्त्री केपी शर्मा ओली १० दिने अमेरिका भ्रमणबाट फर्किएका छन् ।

संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका ओली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर आफ्नो भ्रमण सफल भएको बताए ।

अमेरिका भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीको ३४ बुँदे प्रगति सार्वजनिक गरिएको छ । उनले भ्रमणका क्रममा भएको भेट आफूले गरेको सम्बोधनलाई फेरिहस्त राखेका छन् ।