तमोर नदीमा दुई महिलाको शव फेला

तमोर नदीले बगाएर ल्याएको दुई महिलाको शव फेला परेको छ । 

नदीले बगाएर ल्याएको एक महिलाको शव धनकुटाको मुलघाटमा फेला परेको थियो भने अर्की महिलाको शव धनकुटाको फलामेटारको पल्लोभाग तेह्रथुमको क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ । तेह्रथुम क्षेत्रमा भेटिएकाले उक्त महिलाको शव तेह्रथुमा नै लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

धनकुटाको मुलघाटमा फेलापरेको शवको हुलिया पाँचथर जिल्लाका आफन्तले आफ्नो मान्छेसँग मिल्दोजुल्दो भएकाले पाँचथरकै हुनसक्ने आशंका गरी सम्पर्कमा आउने भनिएकोले पोस्टमार्टम प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख श्यामसिंह चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखिएको उक्त शव पाँचथर जिल्ला नपा १ बस्ने बर्ष ५३ की निर्मला राईको रहेको रहेको छ ।