९५ हजारभन्दा बढीले चढे धरहरा

९५ हजारभन्दा बढीले धरहरा चढेका छन् । सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास भवन निर्माण विभाग केन्द्रीय आयोजना कार्यान्वयन इकाईले हालसम्म ९५ हजार ८ सय जनाले धरहरा चढेको जनाएको हो ।  

केन्द्रीय आयोजना कार्यान्वयन इकाईकाअनुसार दैनिक ६ सय जनाभन्दा बढी महिला र ४ सयभन्दा बढी पुरुष गरी एक हजारभन्दा बढीले धरहरा चढ्न पाएका छन् । 

यस्तै धरहराको टिकट असोज २१ गत अर्थात एक सातासम्मका लागि बुकिङ भइसेको छ । प्रतिकूल मौसमका कारण आवतजावतमा कठिनाइ भएकाले आइतबार धरहरा प्रवेश बन्द गरिएको थियो ।

आइतबारको लागि टिकट बुकिङ गरेकालाई अर्को मितिमा धरहरा चढ्ने व्यवस्था गरिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।