प्रधानमन्त्री ओली स्वदेश फर्किएका बेला विमानस्थलको प्रवेशद्वारबाट तीन युवा प्रहरीको नियन्त्रणमा

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका बेला तीन युवालाई नियन्त्रणमा लिएको हो । विरोध वा कालो झन्डा देखाउन सक्ने भएकाले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।

प्रधानमन्त्री ओली आज अमेरिकाबाट स्वदेश फर्किएका छन् ।