म भैंसी दोहेर दुध लिन गएको हैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमणमा भैंसी दोहेर दुध लिनका नगएको बताएका छन्। सोमबार न्युयोर्क भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

तपाईंको न्युयोर्क यात्राले मुलुकलाई के अर्थ राख्यो? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘म कुनै भैंसि दुहुन गएर दुध लिएर आएँ भनेजस्तो होइन।’

उनले आफूले देशको तर्फबाट विचार र समस्याहरू राखेको पनि बताए।  हाम्रा विचारहरू, समस्याहरू राख्न गएको हो। राखियो। यी समस्याहरू एउटा देशका मात्रै होइन। ग्लोबल समस्या ग्बोबलले मिलेर समाधान गर्नुपर्छ भन्ने भयो,’ प्रधानमन्त्री ओलीले भने।

ओलीले देशमा भएको प्राकृतिक विपत्तिमा जलवायु परिवर्तनको असर नभएपनि अल्पविकसित देशहरू यसको चपेटामा रहेको पनि बताए।  ‘अल्पविकसित देशले  यो क्षति पुर्‍याउने कुरामा त्यति हात नभएपछि बढी मार सहनुपरेको छ। जसले् बढी बिगारेको छ उसले क्षतिपूर्ती व्यहोर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।