यस्ता छन् तिते करेलाका मिठा फाइदाहरू

स्वाद तितो हुने तरकारी तिते करेला धेरैलाई मन पर्दैन । हामी सकेसम्म यो तरकारी भान्सामा नपाके हुन्थ्यो भन्ने गर्छौ । यदि पाके पनि अरु तरकारीसँगै खान रुचाउँछौ । तितो हुने कारणले घरमा तिते करेला पाक्दा धेरैको मुख खुम्चिने गर्दछ । प्रायजसो यो तरकारी धेरैको रोजाईमा नपर्न सक्छ ।

तर खाँदा तीतो हुने करेला स्वास्थयको दृष्टिकोणले भने धेरै नै लाभदायक छ । अन्य सब्जीहरूको तुलनामा करेलामा धेरै औषधीय गुण हुन्छ । करेला प्रोटिन,क्याल्सियम,  भिटामिन आदीको स्रोत हो । 

यस्ता छन् तिते करेलाका फाइदाहरू 


– बिशेष गरी करेला मधुमेहका रोगीहरूका लागी निकै फाइदाजनक हुन्छ । करेलाले रगतमा चिनीको मात्रा
  सन्तुलन राख्न सहयोग गर्छ । 
–करेला खाँदा रगतमा हेमोग्लोबिनको मात्रा बढ्छ ।
–करेलाले पाचन शक्ति बलियो बनाउँछ र भोक जगाउँछ ।
–करेला पत्थरी भएकाहरूका लागि पनि निकै फाइदाजनक हुन्छ । करेला खाँदा अन्य रोग प्रतिरोधक      क्षमतासमेत बढ्दछ ।
–करेलाले  मानिसको तौल नियन्त्रण गर्ने पनि सहयोग गर्दछ ।
–करेलाले छालाजन्य रोगहरू निर्मुल गर्छ । करेला दैनिक रूपमा सेवन गरेमा वा यसलाई पिसेर लेप लगाउँदा पनि छालाजन्य रोगहरू कम हुन्छन् ।