प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

प्रस्तावित नयाँ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध छ वटा उजुरी परेको छ ।

संसदीय सुनुवाइ समितिले असोज ३ गते उजुरीका लागि आह्वान गरेको १० दिनको म्यादभित्र राउतविरुद्ध छ वटा उजुरी परेको हो ।

समितिको आज बसेको बैठकमा राउतविरुद्ध परेका उजुरीका बारेमा छलफल भइरहेको बताइन्छ । के के उजुरी परे ? भन्नेबारेमा अहिल्यै सार्वजनिक गर्न नमिल्ने बैठकमा सहभागी एक जना सदस्यले बताइन् ।