ललिता निवास प्रकरणमा राजनीतिक नेतालाई जोगाउने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा (पूर्णपाठ)

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विशेषले राजनीतिक नेताहरूलाई छानीछानी जोगाएर कर्मचारीलाई मात्र दोषी ठहर गरेपछि अख्तियार पुनरावेदनमा गएको हो । यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ पूर्वमन्त्रीले सफाइ पाएका छन्। 

विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले सफाइ दिएको हो। यस मुद्दाका हाइप्रोफाइल अभियुक्तमध्ये सर्वाधिक उच्च पदमा रहेका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठले सफाइ पाएका हुन् ।