नेप्से : ४४.४५ अंकले बढ्याे, काराेबार रकम ३ अर्बमा झर्याे

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको सुधार आएको छ ।

आज नेप्से ४४.४५ अंकले बढेर दुई हजार ५ सय ८ दशमलव ८६ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये २१० वटाको बढेको छ भने ३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता १७२७ रुपैयाँ पुगेको छ ।  

प्रभु सेलेक्ट फण्डको शेयरमूल्य ९.३६ प्रतिशतले घटेको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १७ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।