छविलाललाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ।

अधिवक्ता रोचक जोशीले आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन्। सो निवेदनमाथि आज सुनुवाइ हुँदैछ। सो रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ।

सहकारी ठगीमा पक्राउ परेका गोरखा मिडियाका सञ्चालक समेत रहेका जोशीलाई जिल्ला अदालतले पहिलोपटक ५ दिन र दोस्रो पटक ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।