कांग्रेसले संसदीय दलको बैठक

सत्ता साझेदार नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार दिउँसोका लागि संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस सांसद प्रतिमा गौतमले मंगलबार २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् ।

उनका अनुसार बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से सभा हलमा बस्नेछ ।

संसदीय दल कार्यसमिति बैठकले आइतबार कांग्रेस संघीय संसद्का सबै सदस्यहरूको १५ दिनको पारिश्रमिक कट्टा गरी सरकारलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

मंगलबारको बैठकमा उक्त निर्णय अनुमोदन गर्नुका साथै अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।