टोटनहामले खेल जित्दा समर्थकलाइ कारबाही

इङ्लिस क्लब टोटनहामले प्रिमियर लिग फुटबलको आइतबार राति खेलिएको खेलका क्रममा अशोभनीय नारा लगाउने समर्थकहरूमाथि कारबाही गरिने जनाएको छ ।

प्रिमियर लिगमा आइतबार राति टोट्टनहाम र म्यानचेस्टर युनाइटेडबिच खेल भएको थियो । उक्त खेलमा टोट्टनहामले म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा ३-० गोलले हराएको थियो ।

आफ्नो टोलीले म्यानचेस्टर युनाइटेडलाई हराएपछि उत्साही बनेका टोट्टनहामका केही समर्थकले समलैंगिकहरुको पक्षमा नारा लगाएका थिए । सो विषयलाई लिएर सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको थियो ।

‘यो घृणित कार्य हो । खेलका क्रममा यस्तो नारा लाग्नु झनै लज्जास्पद छ । यस्ता गतिविधिले फुटबल एसोसिएसनको नियम पनि उल्लङ्घन गर्छ । यस्तो गतिविधिमा संलग्न समर्थकले पक्कै पनि कारबाहीको भागिदार बन्नु पर्छ,' टोट्टनहामले भनेको छ ।

टोट्टनहामले यस्तो अशोभनीय नारा लगाउने समर्थकको खोजी गर्न आफूहरुले स्थानीय प्रहरीसँग मिलेर काम गरिरहेको पनि जनाएको छ । टोट्टनहामले यस्तो नारा लगाउने समर्थकमाथि प्रतिबन्ध लगाउने चेतावनी पनि दिएको छ ।

उक्त खेलमा म्यानचेस्टर युनाइटेड १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको ४२औँ मिनेटमा ब्रुना फर्नान्डेज रातो कार्ड पाउँदै बाहिरिएका थिए । टोट्टनहामका लागि खेलको तेस्रो मिनेटमा ब्रेनन जोन्सनले पहिलो गोल गरेका थिए । त्यसपछि टोटनहामका लागि निर्धारित समयको ४७ औं मिनेटमा डेजन कुलुसेभस्कीले दोस्रो र ७७ औं मिनेटमा डोमिनिक सोलान्केले तेस्रो गोल गरेका थिए ।