वर्षा र बाढीबाट आवास गुमाएकाहरुलाई ७ दिनभित्र अस्थायी अवास बनाउन पहिलो किस्ता निकासा

काठमाडौं । लगातारको वर्षा र बाढीबाट आवास गुमाएकाहरुलाई अस्थायी आवास निर्माण गर्न सरकारले तत्काल राहत उपलब्ध गर्ने भएको छ । ७ दिनभित्र अस्थायी अवास बनाउन पहिलो किस्ता निकासा गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले जानकारी दिए । 

उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिबाट ७ दिनभित्र पहिलो किस्ता निकासा दिने निर्णय भएको छ ।’

 

12