सामान्य घट्यो सुनको भाउ

काठमाडौँ, १४ असोजः  सोमबार पनि सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो । 

आइतबार प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा झरेको छ । 

त्यस्तै, चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर १ हजार ९ सय ४० रुपैयाँ कायम गरिएको छ ।