ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड र रियल मड्रिडले अंक बाँडे

 स्पेनिस लालिगा फुटबलमा एथ्लेटिको मड्रिड र रियल मड्रिडले अंक बाँडेका छन् ।

मेट्रोपोलिटन स्टेडियममा भएको खेलमा एदर मिलिताओले रियलका लागि ६४ औं मिनेटमा गोल गरेका थिए । तर अतिरिक्त समयमा एथ्लेटिकोका लागि एन्जले कोरेयाले जवाफी गोल फर्काए ।

रियल ५ खेलमा चार जित निकाल्दै अंक तालिकामा तेस्रो स्थानमा छ । एथ्लेटिको ५ खेलमा तीन जितसहित चौथो स्थानमा छ । लिगअन्तर्गत आइतबार भएका खेलमा बिलबाओ र सेल्भिला तथा सेल्टा भिगो र जिरोनाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए भने बेटिसविरुद्ध स्प्यानोलले १-० को जित निकालेको थियो ।

बेटिसका लागि जियोभानी लो सेल्सोले ८५ औं मिनेटमा गोल गरेका थिए ।