बाढीले क्षति पुर्‍याएका टाटाका विद्युतीय गाडीहरू मर्मतका लागि ग्राहकको घरमै सेवा दिने

सिप्रदी ट्रेडिङले बाढीले क्षति पुर्‍याएका टाटाका विद्युतीय गाडीहरू मर्मतका लागि ग्राहकको घरमै सेवा दिने भएको छ ।

आइतबार सामाजिक सञ्जालमार्फत ‘फ्लड फिक्स रिस्टोरेसन सर्भिस क्याम्प’ को सुरुवात गर्दै सिप्रदीले बाढीबाट प्रभावित गाडीहरूको मर्मत कार्य सहज बनाउन यो विशेष सेवा ल्याएको जनाएको छ ।

यस सेवाअन्तर्गत सिप्रदीको प्राविधिक टोली ग्राहकको घरमै पुगेर क्षतिग्रस्त गाडीहरूको समस्या समाधान गर्नेछ । ग्राहकले आफ्नो गाडी मर्मतका लागि १६६००१५५७७७ (एनटीसी) वा ९८०१५७५७७७ (एनसेल) नम्बरमा सम्पर्क गरेर सेवा लिन सक्नेछन् ।