सन् २०२० देखि यता ऊर्जाका लागि २० खर्ब डलर लगानी सहयोग : प्रतिवेदन

 विश्वभरका सरकारहरूले सन् २०२० देखि यता स्वच्छ ऊर्जाका लागि प्रत्यक्ष लगानी समर्थनमा करिब २० खर्ब अमेरिकी डलर छुट्याएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को नयाँ प्रतिवेदनले खुलासा गरेको छ । 

प्रतिवेदनको पहिलो संस्करण स्टेट अफ इनर्जी पोलिसी २०२४ ले यो सन् २००७–०८ को आर्थिक संकटपछि प्रतिबद्ध रकमको करिब तीन गुणा रहेको बताएको छ । प्रतिवेदनले विनियोजन गरिएको प्रत्यक्ष सरकारी खर्चको करिब ८० प्रतिशत चीन, युरोपेली संघ (इयु) र संयुक्त राज्य अमेरिकामा रहेको बताएको छ ।    

प्रतिवेदनअनुसार नीतिनिर्माताहरूले हालैका वर्षहरूमा विभिन्न संकटका कारण ऊर्जा सुरक्षामा ध्यान केन्द्रित गरेकाले स्वच्छ ऊर्जा प्रविधिहरूका लागि सरकारी समर्थन र प्रोत्साहनहरू नयाँ उचाइमा पुगेका छन् । स्वच्छ ऊर्जाका लागि घरेलु उत्पादन प्रोत्साहनहरू सार्वजनिक लगानीको एक क्षेत्र हो । यो पर्याप्त रूपमा बढ्दै गइरहेको छ । 

यसले दशकको सुरुदेखि कूल सरकारी खर्चको करिब १० प्रतिशत हिस्सा ओगटेको छ । यसमा कम उत्सर्जन सवारी साधनहरू, हाइड्रोजन र ब्याट्रीहरूले सबैभन्दा विनियोजन प्राप्त गरेका छन् ।     

उपभोक्ता स्तरमा प्रतिवेदनले विश्वव्यापी ऊर्जा संकटको उच्च विन्दुम अल्पकालीन सरकारी सहयोगको लागत नौ खर्ब ४० अर्ब अमेरिकी डलर पुगेको पत्ता लगाएको छ । 'स्वच्छ ऊर्जाका लागि नीति र लगानी समर्थनको अभूतपूर्व स्तर यी प्रविधिहरूले उत्सर्जन घटाउने मात्र नभई ऊर्जा सुरक्षालाई पनि सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ भन्ने मान्यता हो,' आइइएको दिगोपना, प्रविधि र दृष्टिकोण निर्देशक लौरा कोज्जीले भने । 

प्रतिवेदनको पहिलो संस्करणले विगत १२ महिनामा भएका सबैभन्दा महत्त्वपूर्ण परिवर्तनहरूलाई प्रकाश पार्दै देश र क्षेत्रअनुसार ऊर्जा नीतिहरूको सबैभन्दा व्यापक र नवीनतम विश्वव्यापी चित्र प्रदान गर्दछ । 

पाकिस्तान सरकारले धेरै संस्थानको निजीकरण गर्ने वा बन्द गर्ने

पाकिस्तान सरकारले धेरै संस्थानको निजीकरण गर्ने वा बन्द गर्ने

नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु

नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु

जम्मू-कश्मीर विधानसभा चुनावः किन भाजपा र काङ्ग्रेसले कश्मीरभन्दा जम्मूमा बढी जोड दिइरहेका छन्?

जम्मू-कश्मीर विधानसभा चुनावः किन भाजपा र काङ्ग्रेसले कश्मीरभन्दा जम्मूमा बढी जो…

युरोपको प्रयोगशाला सिइआरएनले रुससँग सम्बन्ध तोड्दा करिब ५०० वैज्ञानिक प्रभावित हुने

युरोपको प्रयोगशाला सिइआरएनले रुससँग सम्बन्ध तोड्दा करिब ५०० वैज्ञानिक प्रभावित…

अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्षयात्री सुनिता  र बुच विलमोरलाई फिर्ता ल्याउने  मिसनमा स्पेस एक्स

अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्षयात्री सुनिता र बुच विलमोरलाई फिर्ता ल्याउने …

बेरुतमा फैलिएको त्रासदीबाट गम्भीर चिन्तित छु : राष्ट्रसङ्घ प्रमुख

बेरुतमा फैलिएको त्रासदीबाट गम्भीर चिन्तित छु : राष्ट्रसङ्घ प्रमुख

दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु

दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु

इजरायली आक्रमणमा मारिएका हेजबुल्लाहका नेता हसन नस्रल्लाह को थिए?

इजरायली आक्रमणमा मारिएका हेजबुल्लाहका नेता हसन नस्रल्लाह को थिए?