बाढी,पहिरो अपडेट :मृत्यु हुनेको संख्या १०४ पुग्यो

काठमाडौँ, १३ असोजः बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ६४ जनाको अवस्था अज्ञात छ । यस्तै ७३ जना घाइते छन् ।

प्रहरीले ३०३९ भन्दा बढीको उद्धार गरिएको जनाएको छ । प्रहरीले लामो यात्रामा निस्किनुभन्दा पहिले जानकारी लिएर मात्रै जान आग्रह समेत गरेको छ ।