बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति राजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

काठमाडौँ, १३ असोजः अविरल वर्षासँगै आएको बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति राजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

मौसमी पूर्वसूचना हुँदाहुँदै पनि पूर्वप्रतिकार्य नहुँदा ठूलो मानवीय र भौतिक क्षति भएकामा उनले दुःख व्यक्त गरेका हुन् ।

उनले बाढीपहिरोका कारण सडक सञ्जालहरू अवरुद्ध भई जनजीवनमा असुविधा पुग्न गएकोप्रति आफ्नो गम्भीर चासो रहेको उल्लेख गरेका छन् । साथै उनले मृतक परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेहरूको शीघ्र उपचार हुनुपर्ने भन्दै शीघ्र प्रयत्न गर्न सरकारसँग आग्रह गरेका छन् ।