गोरखाबाट काठमाडौँ आउँदै गरेको सम्पर्कविहीन बस झ्याप्लेखोलामा पुरिएको आशङ्का

 गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदा सम्पर्कविहीन भएको बस धादिङको झ्याप्लेखोलामा पुरिएको आशङ्का गरिएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो । 

बसको केही भाग देखिएपछि एक्साभेटरको सहायताले खोतल्न सुरु गरिएको छ । यद्यपि बस नम्बर भने  देखिएको छैन । पहिरो खोतल्ने क्रममा बसको छत भेटिएको बताइएको छ । 

बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ ।

बसमा बसका धनी तथा चालक आरुघाट ४ धावाका मदन परियार र सहचालक फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई तथा यात्रु धार्चेका सुक गुरुङ थिए । अरु भए नभएको पहिचान छैन ।