सरकारले निर्णय गरे पनि मध्यपश्चिम विश्वविद्यालयले भने परीक्षा नरोक्ने

देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण सबै परीक्षाहरु रोक्न सरकारले निर्देशन दिएपछि त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले  विभिन्न सङ्कायका परीक्षा स्थगित गरेको छ ।

त्रिविले असोज १२ गते सूचना जारी गरी यही असोज १० गतेदेखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन सङ्काय विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८०, आंशिकतर्फको बिए, बिएड, बिबिएस र बि।एस्सीको आइतबार हुने परीक्षा स्थगित गरेको छ ।

साथै त्रिविले सम्पूर्ण केन्द्राध्यक्षलाई यही सूचनालाई आधिकारिक मानेर आइतबार हुनेगरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्र प्याकेट नखोली सुरक्षित साथ यही भदौ २१ गते प्रयोग गरिदिन हुन अनुरोध गरेको छ ।
तर मध्यपश्चिम विश्वविद्यालयले भने जारी परीक्षाहरु यथावत सञ्चालन हुने जनाएको छ । सरकारले परीक्षा रोक्न निर्देशन दिए पनि उक्त विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख सह प्राडा दीपक प्रसाद अधिकारीले सबै परीक्षाहरु यथावत सञ्चालन हुने सूचना जारी गरेका छन् । 

mu