बाढीपहिरोमा सुरक्षाकर्मी भगवान

 बिहीबारदेखि देशभर भएको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुवानका कारण जनधनको ठूलो क्षति भएको छ । 

बर्षाले काठमाडौँ उपत्यकाको अधिकांश नदी तटीय क्षेत्र जलमग्न भएका छन् भने धेरै स्थान डुबानमा परे । बागमती, विष्णुमती, हनुमन्ते, बल्खु, नख्खुलगायत खोलामा अत्यधिक जलस्तर बढ्यो । वर्षाका कारण पसल, घर तथा आवासस्थलमा बाढी पस्दा दिनचर्या अस्तव्यस्त बन्न पुगेको छ ।अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण एकैपटक हजारौँ मानिस प्रभावित भएपछि सुरक्षाकर्मीलाई उद्दार गर्नसमेत सास्ती परेको देखियो । 

गृह मन्त्रालयले उद्धार र राहतका लागि २० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको बताए पनि समयमा उद्दार हुन नसकेको भन्दै केही स्थानमा सरकारको आलोचनासमेत बताए । यद्यपि, उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय सक्रियताका साथ जुटिरहेका छन् । 

तस्बिरमा हेर्नुस्

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined