झ्याप्लेखोलामा पुरिएको माइक्रो बस : १४ जनाको शव निकालियाे

 धादिङको झ्याप्लेखोलामा पुरिएको माइक्रो बस बुटवलबाट आएको बताइएको छ ।

लु १ ज ४५७८ नम्बरको माइक्रोबाट १४ जनाको शव निकालिएको काठमाडौं प्रहरी प्रमुख बसन्त रजौरेले जानकारी दिए ।

उनका अनुसार केही साना सवारीसाधन पनि उक्त स्थानमा पुरिएको आशंका गरिएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरो बिहान १० बजेतिरै गएको अनुमान गरिएको छ ।तर धादिङबाट आउने र काठमाडौंबाट जाने सडक पूर्णरुपमा अवरुद्ध भएकाले उक्त स्थानमा पुग्न समय लागेको थियो ।

प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी सूर्य सुवेदीका अनुसार एउटै माइक्रोबाट १४ जनाको शव फेला परेको र एकजना हराइरहेका छन् । पहिरो क्षेत्र ठूलो भएकाले पन्छाउने काम नसकिएको उनले जानकारी दिए ।

उक्त क्षेत्रमा बसमा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।