कोल पाल्मेरको ४ गोलमा इपिएलमा ब्राइटनमाथि चेल्सिकाे जित

 कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो ।

घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत ब्राइटनले सातौं मिनेटमै अग्रता लिएको थियो ।

कार्लोस बालेबाले ३४औं मिनेटमा गोल गर्दै ब्राइटनलाई ३-२ को स्थितिमा ल्याएका थिए । ४१औं मिनेटमा पाल्मोरले अर्को गोल थप्दै चेल्सीलाई ४-२ को जित दिलाए । जितसँगै ६ खेलबाट चेल्सीको १३ अंक भएको छ । समान खेलबाट ९ अंक जोडेको ब्राइटन भने आठौं स्थानमा छ।