ललितपुरमा एक विद्युतीय पोलमा आगलागी

ललितपुर, सानेपामा एक विद्युतीय पोलमा आगलागी भएको छ।

बल्खु खोला नजिकै रहेको पोलमा शनिबार राति सवा ८ बजे विद्युत सट भएर आगलागी भएको प्रहरी प्रभाग बल्खुका प्रहरी हवल्दार रेमन्त गिरीले जानकारी दिए।

'केही समयअघि आगलागी भएको हो,' उनले भने, 'आगो अझै निभिसकेको छैन। हामीले दमकल बोलाएका छौं।'