नागढुंगामा पहिरो खोतल्ने क्रममा पाँच जनाको शव भेटियाे

काठमाडौं र धादिङको सिमानामा पर्ने झ्याप्ले खोलामा पाँच जनाको शव भेटिएको छ। सो स्थानमा शनिबार बिहान पहिराले सवारीसाधन पुरिएका थिए। पहिरो खोतल्ने क्रममा आज पाँच जनाको शव भेटिएको र थप उद्धार जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।