तामाकोशी जलविद्युत आयोजनास्थलमा खटिएका पाँच सैनिक र कर्मचारी बेपत्ता

पहिरो खसेपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलमा खटिएका पाँच जना बेपत्ता भएका छन् ।

हेडवर्क्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा नेपाली सेनाका दुई जवान, आयोजनाका दुई कर्मचारी र एकजना सुरक्षा गार्ड बेपत्ता भएको बताइएको छ ।उनीहरू नियन्त्रण कक्षमा रहँदा आज दिउँसो खसेको पहिरोले भवन पुरेको थियो । बाँधस्थलनजिकैको नियन्त्रण कक्ष रहेको दुईतले घर पुरिएको छ । पहिरोले जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुँगा र लेदो थुपारेको छ ।

उद्धारको निम्ति आयोजना कार्यालयले नेपाली सेनाले अनुरोध गरेको छ ।