अवतरण गर्न नसकेपछि रोशी पठाइएको हेलिकप्टर फिर्ता

 काभ्रेको रोशी गाउँपालिकामा पठाइएको हेलिकप्टर फिर्ता भएको छ ।

अवतरण गर्न नसकेपछि हेलिकप्टर फर्किएको हो । रोशीमा गाउँ नै बाढी पहिरोमा परेकाले ठूलो जनधनको क्षति भएको हुन सक्ने आशंका गरिएको छ । अहिले रोशीमा विद्युत् र सञ्चार अवरुद्ध भएको छ । जसले गर्दा यकिन विवरण प्राप्त हुन सकेको छैन । खोलमा बाढी आउँदा घरहरूनै बगाएको हो ।