लामो यात्रामा निस्कनुअघि यी यी नम्बरमा कल गर्नुहोस् ।

 नेपाल प्रहरीले लामो यात्रामा निस्कनुअघि सडकको अवस्था सुनिश्चित गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध भएकाले प्रहरीले यस्तो आग्रह गरेको हो । 

प्रहरीका अनुसार अहिले अवरुद्ध बाटो बाटो खुलाउने प्रयास भइरहेको छ । यदि यात्रामा निस्कने सोच्दै हुनुहुन्छ भने नजिकैको वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । अथवा तपाईंले निम्न नम्बरमा कल गरेर बाटोको अवस्थाबारे जानकारी लिन सक्नुहुन्छ:

  • नेपाल प्रहरी - १००  

  • ट्राफिक प्रहरी - १०३ 

  • केन्द्रीय प्रहरी परिचालन कक्ष (विपद डेस्क) - ९८५१२८५६३५  

  • बालबालिका खोजतलास समन्वय केन्द्र - १०४ 

  • प्रहरी सम्बन्धी गुनासो १११३

त्यस्तै काठमाडौंमा हुनुहुन्छ र जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न सक्नुहुन्छ ।