उदयपुर र खोटाङ जोड्ने फोक्सिङ्टारको पुल सुनकोशी नदीले बगायाे

सुनकोशी नदीमा पानीको सतह बढ्दा उदयपुर र खोटाङ जोड्ने फोक्सिङ्टारको पुल बगेको छ ।

कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार पानीको सतह बढ्दै जाँदा पुलको एउटा भाग बगेको छ । ‘पुलको एउटा खम्बा पनि बगेको भन्ने छ’, उनले भने ।यो पुलले खोटाङलाई प्रदेश राजधानी सहित देशका अरु शहरी क्षेत्रसँग जोड्ने गरेको थियो ।