जब खोलामा पहिरोले यात्रुवाहक बस पुर्‍यो...

अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र काठमाडौँको चन्द्रागिरि नगरपालिकाको सीमा रहेको झ्याप्ले खोलामा पहिरोले यात्रुवाहक बस पुरेको छ । 

सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरि नगरपालिकाले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ ।  आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका सडक पूर्ण रूपमा अवरोध भएको छ ।