बागमती नदीको बाँध फुटयाे

रौतहटको गढिमाइ नगरपालिका-३ लक्ष्मिपुर र वडा नम्बर-६ धरमपुरस्थित बागमती नदीको बाँध फुटेपछि बाढीको पानी बस्तीमा प्रवेश गर्न थालेको छ।

बाँध भत्किएसँगै आएको बाढीको भेलले लक्ष्मिपुरका सयौं बासिन्दालाई घर छाड्न बाध्य बनाएको छ। बासिन्दाहरू आफ्ना सामग्री सुरक्षित स्थानमा लैजान हतारो गर्दैछन्।

यस्तै, धरमुरको बाध भत्किएर खेतीयोग्य जमिन डुबानमा परेको छ। जिल्लाका पूर्व बागमती र पश्चिम लालबकैया नदी सहित अन्य खोलामा एकै पटक आएको बाढिले सदरमुकाम गौर सहित दर्जन बढी बस्तीमा डुबानको खतरा बढेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

स्थानीय प्रशासनले बाढी नियन्त्रणमा प्रयास गरिरहेको भए पनि, अविरल वर्षाले उद्धार कार्यमा कठिनाइ थपिएको छ। विपद् व्यवस्थापन टोली तयारी अवस्थामा रहेको प्रशासनले जानकारी दिएको छ।