दोलखामा पहिरो, २ सैनिकसहित ७ जना बेपत्ता

दोलखाका दुई ठूला विद्युत आयोजना माथिल्लो तामाकोशी र खिम्ती क्षेत्रमा बाढीको विपत्ति थपिएको छ । खिम्ती जलविद्युत आयोजनाको किर्नेटारमा तामाकोशीले कटान बढाएपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

त्यस्तै माथिल्लो तामोकोसी जलविद्युत केन्द्रको बाँधस्थलमा रहेको हेडवक्सको विद्युत सञ्चालन गृहलाई पहिरोले बगाउँदा ४ जना सम्पर्कविहीन बनेका छन् ।

तामाकोशी विद्युत केन्द्रमा कार्यरत २ कर्मचारी र २ नेपाली सेना गरी चार जना सम्पर्क विहिन भएको दोलखा प्रहरीले जनाएको छ । दोलखाकै भिमेश्वर नगरपालिका–६ सिमपानी नजिकै राम बहादुर भुजेलको घर भत्कदा ३ जना वेपत्ता बनेका छन् । एक बालकको जिवितै उद्वार गरिएको छ ।