युक्रेनी अस्पतालमा भएको रूसी हमलामा ६ जनाको मृत्यु

युक्रेनको सीमावर्ती शहर सुमीको अस्पतालमा शनिबार भएको रूसी हमलामा कम्तीमा छ जनाको मृत्यु भएको  युक्रेनी आन्तरिक मामिला मन्त्रीले बताउनुभएको छ ।  

सुमी रुसको कुर्स्क क्षेत्रको सिमानाको छेउमा अवस्थित छ, जहाँ किभले गत अगस्ट मा रूसमा “बफर जोन“  सिर्जना गर्ने उद्देश्यले  आक्रमण सुरु गरेको थियो ।

युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लिमेन्कोले टेलिग्राम मार्फत सुमीका अस्पतालमा रूसले दुई पटक आक्रमण गर्दा आलसम्म एकजना प्रहरीसहित छ जनाको मृत्यु भएको उल्लेख गर्नु भएको छ । 

पहिलो आक्रमणमा “एक जनाको ज्यान जानुका साथै अस्पतालको संरचनामा क्षति पुर्याएकाले  बिरामी तथा कर्मचारीहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गर्न थालेको  क्लिमेन्कोले जनाउनु भएको  छ ।  

बिरामीहरूलाई स्थानान्त्रण गर्ने क्रममा भएको दोस्रो प्रहारले एक जना प्रहरी घाइते भएको जनाइएको छ ।  सुमीको क्षेत्रीय प्रशासनले टेलिग्राम मार्फत दुवै आक्रमणमा  ड्रोनहरू समावेश भएको जनाएको छ ।  

दोस्रो रूसी आक्रमणले आवासीय क्षेत्रमा प्रहार गरेको जनाइएको छ ।