सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, टापुमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै जाँदा ठाकुरबासा पारिपट्टिको टापुमा पुगेका दुई दर्जनभन्दा बढी मानिस समस्यामा परेका छन् ।

 

उनीहरूको उद्धारको लागि हेलिकप्टर मगाइएको सुनसरीका प्रहरी प्रवक्ता नवीकृष्ण भण्डारीले जानकारी दिए । उनीहरूको उद्धारका लागि प्रदेश प्रहरी प्रमुखसहितको टोली त्यसतर्फ लागेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार त्यहाँ २० देखि ३० जना मान्छे रहेका छन् । यसैबिच सप्तकोशी नदीमा पानीको बहाव ५ लाख ७ हजार प्रति क्यूसेक पुगेको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् ।