बाढी पहिरोमा परेर नौ जनाको मृत्यु , ६ जना बेपत्ता

देशका विभिन्न स्थानमा गएरातिदेखि शनिबार बिहानसम्म बाढी पहिरोमा परेर नौ जनाको मृत्यु भएको पुष्टि सशस्त्र प्रहरीले गरेको छ। 

बाढी पहिरोमा परेर ६ जना हराइरहेका सशस्त्र प्रहरी बलको हेडक्वाटरले जनाएको छ।

पहिरोमा परेर काभ्रेमा तीन जनाको मृत्यु भएको छ भने पाँचथरमा २ जनाको मृत्यु भएको छ। त्यसैगरी धनकुटामा २, झापामा १, ललितपुरमा १ जनाको मृत्यु भएको पुष्टि सशस्त्र प्रहरीले गरेको हो। 

बढी पहिरोमा परेर धनकुटामा २, काठमाडौँमा १, ललितपुरमा २, धादिङमा १ जना बेपत्ता छन्। यसबीचमा काठमाडौँमा ८३, झापामा ३२५, मोरङमा १७६, सिन्धुलीमा ३३, धादिङमा २ जनाको उद्धार गरिएको छ। 

बाढी पहिरोले घरसहित १ सय ६२ वटा भौतिक संरचनामा क्षति पुगेको छ।