लगातार भइरहेको भारी वर्षाले बाढी, पहिरो र डुवान,मानवीय क्षति (तस्बिरहरु)

काठमाडौँ, १२ असोजः लगातार भइरहेको भारी वर्षाले देशको विभिन्न भागमा क्षति पुर्याएको छ । धेरै ठाउँमा बाढी, पहिरो र डुवानलेमानवीय क्षति समेत भएको छ । यसको उद्धारका लागिनेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक सुरक्षाकर्मी खटाएका छन् ।

 

\नेपाल सशस्त्र प्रहरीका अनुसार सशस्त्रको टोली देशभर खटिएको छ । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी फसेकाहरूको उद्धार कार्यको लागि नेपाली सेना र सशस्त्रको फौज देशका विभिन्न स्थानहरूमा परिचालन भएको छ । सशस्त्र प्रहरीका अनुसार घनकुटा जिल्ला, पाख्रिबास न.पा.–५ मा पहिरो गई घर पुरेकोले उद्धार कार्यको लागि फौज खटिएको छ ।ललितपुर जिल्ला, महालक्ष्मी न.पा.–२ स्थित इमाडोलमा रहेको समेन्द्र सेतु मा.बि. डुबान परि ५ जना फसेको खबर प्राप्त हुनासाथ फौज उद्धार कार्यको लागि खटिएको जनाएको छ । ललितपुर जिल्लाकै ल.उप.म.न.पा.–२ स्थित नख्खु इलाका डुबान परेकोले फौज उद्धार कार्यको लागि खटिएको हो ।


                            
ललितपुर जिल्ला, गोदावरी.न.पा.–६ स्थित टिकाभैरवमा रहेको लिप्रोसी हस्पिटलमा पहिरो गई ३ जना पुरिएकोले उद्धार कार्यको लागि फौज खटिएको सशस्त्रले जनाएको छ । धनकुटा जिल्ला, धनकुटा.न.पा.–४ स्थित त्रीशुलामा रहेको स्थानियको घर भासिएकोले उद्धार कार्यको लागि फौज खटिएको छ ।

काठमाडौं जिल्लाको त्रीपुरेश्वर, थापाथली ईलाका डुबान परेकोले उद्धार कार्यका लागि टोली खटिएको छ भने ललितपुर जिल्ला ललितपुर म.न.पा.–४ सानेपामा स्थानियको धर डुबान परेकोले उद्धार कार्यका लागि सुरक्षाकर्मीको टोली खटाइएको छ । यस्तै पाँचथर जिल्ला फिदिम न.पा.–४ स्थित स्थानीयको घर पुरिएकोले उद्धार कार्यको फौज खटिएको छ ।

 

विहान सवा ९ बजे ललितपुर मनपा १४ नखिपोट कान्तिपुर कोलोनिमा ४ जना ब्यक्तिलाई नख्खु खोलाले बगाई बेपत्ता भएको र  जसमा १ महिला, २ पुरुष र १ बच्चा भएको सशस्त्रले जनाएको छ । काठमाडौ नागार्जुन नपा– ३ इचङ्गु नारायण मन्दिर नजिक घर भत्कदा ५५ बर्षका पुरुषको मृत्यु भएको छ भने ३ जना पुरिएका छन् । उनीहरुको उद्धारका लागि सशस्त्र मुख्यलयबाट एम्बुलेन्ससहितको टोलि परिचालन भएको छ ।

यस्तै पाल्पा जिल्ला तानसेन न.पा.–३ स्थित स्थानीयको घर पुरिएको स्थानमा उद्धार कार्यको लागि टोली परिचालन भएको छ । ललितपुर म.न.पा. स्थित कुसुण्डिमा डुबान परेको स्थानमा उद्धार कार्यको लागि टोली परिचालन भएको छ ।यस्तै चितवन जिल्ला, राप्ती न.पा.–६ स्थित बेलौरामा स्थानीयको घर डुबाएको स्थानमा उद्धार कार्यको लागि टोली परिचालन भएको छ । चितवन जिल्ला, प्युठान न.पा.–७ स्थित ढिकुरेमा पहिरोका कारण चकचके सडक खण्ड अवरुद्ध भएको स्थानमा फौज परिचालन भई अवरोध हटाउने कार्य जारी राखेको सशस्त्रले जनाएको छ ।