काठमाडौंको बुद्धनगर–यूएनपार्क जोड्ने पुलमा क्षति

काठमाडौँ, १२ असोजः अविरल वर्षासँगै बागमतीमा बाढी उर्लिएको छ । बाढीको बहाव बढ्दा काठमाडौंको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्याएको छ ।

चारपाङ्ग्रे गाडी हिँड्ने पक्की पुलको माथिबाट बाढी बगेको छ । पक्की पुलको छेउँमा रहेको मानिसमात्र पैदल हिँड्ने गरिएको फलामे पुल भत्किएको छ । पुलका खम्बा ढलेका छन् ।

नदी किनारका बाटाहरु पूरै जलमग्न छन् । सडक किनारका घर र पसलमा बाढी पसेको छ ।प्रहरी प्रशासनले खोला किनारका बाटोमा यात्रा गर्न रोक लगाएको छ ।