वर्षाका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान आज पनि बन्द

 अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बन्द भएको छ । 

 वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिकतर्फ उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले रातोपाटीलाई बताए । उनले भने, ‘आन्तरिक तर्फ उडान हुन सकेको छैन।’ 

काठमाडौँ बाहिर नागरिक उड्डयन कार्यालयका सबै स्टेसन बन्द छन् । अन्तर्राष्ट्रिय तर्फ शनिवार दोहाबाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । एयर अरेबिया पनि ल्यान्ड गर्ने क्रममा रहेको शेर्पाले बताए ।