धुनिबेशीमा पहिरोले यात्रुवाहक बस पुरियाे, क्षतिको विवरण आउन बाँकि

काठमाडौं र धादिङको सीमानामा रहेको झ्याप्ले खोला नजिकै पहिरो गएको छ । धुनिबेशी नगरपालिका ९ नजिकै आज बिहान साढे ३ बजे खसेको पहिरोले यात्रुवाहक बस पुरेको छ । 

नजिकैको पिपला मोडमा बिहान रुखले माइक्रो बस र प्राइभेट कार किचेको छ । दुई वटा दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ । क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।