ललितपुरमा पहिरोका कारण ३ जनाको मृत्यु

 

 ललितपुरमा पहिरोका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ ।

चुनिखेलमा पहिरोले घर बगाउँदा ४८ वर्षीया महिलाको मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । यसैगरी  पहिरोमै परेर चापागाउँको टाखेलमा ५४ वर्षीया महिला र छम्पीमा एक जना महिलाको मृत्यु भएको छ । 

छम्पीमा पहिरो खस्दा घरमा बसिरहेका आमा छोरा मध्ये छोराले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ ।