नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भासिँदा एउटा गाडी पल्टियाे

काठमाडौँ, १२ असोजः नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भासिएको छ ।सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

सडक भाँसिएको ठाउमा एउटा गाडी पल्टिएको छ । भासिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ । 

लगातारको बर्षको कारणले गएराति यस सडकमा यातायातमा रोक लगाइएको थियो ।