बागमतीका खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पितृ शोक

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई पितृ शोक परेको छ।

मन्त्री महर्जनका हरिकृष्ण महर्जनको ८४ वर्षको उमेरमा उपचारका क्रममा शुक्रवार निधन भएको हो । निमोनियाबाट पीडित महर्जनलाई बिहीवारदेखि उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा राखिएको थियो।

महर्जनका श्रीमती, ५ छोरा र १ छोरी छन् । उनको अन्तिम संस्कार शनिवार विहान ९:०० बजे गरिने बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयका खेल विज्ञ दिपक श्रेष्ठले जानकारी दिए ।